site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस र कहिले एमालेसँग नजिक हुँदा नेता साथीहरूलाई नमिठो लागेकै छ : प्रधानमन्त्री
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु नै अहिलेको प्रमुख कार्य भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“...मेरो कोसिस सकेसम्म सबै राजनीतिक दल, सबैलाई सहमतिमा ल्याएर एउटा राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु नै हो,” उनले भने, “हुन त नेपाली कांग्रेससँग नजिक हुँदा र कहिले नेकपा (एमाले)सँग नजिक हुँदा नेता साथीहरूलाई नमिठो लागेकै छ ।”

Dabur Nepal
NIC Asia

उनले सबै राजनीतिक दललाई एक ठाउँमा ल्याई सहमतिका आधारमा काम गरिरहेको जिकिर गरे । सुशासन र समृद्धि आवश्यक रहेको भन्दै उनले मुलुकमा राष्ट्रिय समझदारी बनाउन नसके निकै अप्ठ्यारो स्थितिको सामना गर्नुपर्ने बताए ।

“हामीले सहमतिकै आधारमा काम गरिरहेका छौँ । राष्ट्रिय सहमतिको वातावरण बनाउने किसिमले नै हामीले पहल गरेका छौँ । त्यसको एउटा वातावरण बनिरहेको पनि छ,” उनले भने, “हामीलाई यति बेला चाहिएको भनेको सुशासन र समृद्धि हो । हामीले त्यसको निम्ति राष्ट्रिय समझदारी बनाउन नसके निकै अप्ठ्यारो स्थितिको सामना गर्नुपर्छ, नेपाल र नेपालीले ।”

प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियासँग सम्बन्धित काम र संवैधानिक परिषद्सँग सम्बन्धित विषयमा छलफल गर्न लागिएको पनि बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu