site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सम्पूर्ण वामपन्थी र देशभक्त एक ठाउँमा उभिन्छौँ : प्रधानमन्त्री 
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण वामपन्थी र देशभक्त एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

२४औँ जेल ब्रेक स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नयाँ र मौलिक तरिकाले नेपाली समाजवादी क्रान्ति अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

Dabur Nepal
NIC Asia

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले भने, “माओवादी आन्दोलनलाई छिटोभन्दा छिटो एक ठाउँमा केन्द्रित गर्ने र सम्पूर्ण राष्ट्रवादी शक्तिलाई पनि एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाइन्छ । यो आत्मविश्वास अहिले पनि नेतृत्वलाई छ ।”

देश र जनतालाई केन्द्रमा राखेर आफू अगाडि बढेको उनले बताए । “दायाँ कदम चाल्दा होस् या बाँया कदम चाल्दा होस्, क्रान्ति, जनता र राष्ट्रप्रतिको निष्ठामा कमी आउन दिन हुन्न,” उनले भने, “हामीले लिएको संकल्प त्यही हो । आज पनि त्यही छ ।”

निराशा बाँड्ने र पार्टी र नेतालाई गाली गरेर जिम्मेवारी पूरा नहुने उनले उल्लेख गरे । उनले सबैलाई एकताबद्ध भएर देश र जनताका पक्षमा उभिन आह्वान गरे ।

सरकारको पछिल्लो समीकरण रणनीतिक भएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले भने, “यो समीकरण रणनैतिक छ, दूरगामी छ । मेरो विश्वास छ, यो क्रान्तिकारी पनि छ । यसले मात्र सबै देशभक्तहरूलाई एक ठाउँमा केन्द्रित गर्न सक्दछ ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu