site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
केही महिनाभित्रै कांग्रेसको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बन्छ : शेखर कोइराला
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केही महिनाभित्रै वर्तमान सत्ता गठबन्धन टुट्ने दाबी गरेका छन् । उनले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने जिकिर गरेका हुन् ।

विपक्षी भएको नाताले कांग्रेसले सत्तामा जान कोसिस गरिरहने र त्यो केही महिनाभित्रै सफल हुने नेता कोइरालाको भनाइ थियो । “...फेरि अर्को गठबन्धन बन्छ केही दिनपछि, केही महिनापछि । पक्कै बन्छ । किन हामी विपक्षमा छौँ,” शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, “हामी कोसिस गरिराखेका हुन्छौँ सत्तामा जानका लागि । त्यो स्वाभाविक हो ।”

उनले गठबन्धन बन्ने र भत्कने विषयले देश नबन्ने बताए । यसलाई रोक्न निर्वाचन प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव समेत उनले गरे । “यसरी देश अगाडि बढन सक्दैन,” उनले भने, “हाम्रो निर्वाचन प्रणाली नै यस्तो छ कि कुनै पनि दलको बहुमत आउनै सक्दैन । गठबन्धनमा जानैपर्ने हुन्छ ।”

राष्ट्रियसभामा समावेशी समानुपातिक प्रतिनिधित्व गराउने र प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित हुने प्रणाली अवलम्बन गरे मात्र कुनै एक दलले बहुमत ल्याउने र मुलुकमा राजनीतिक स्थायित्व र विकास, निर्माणको कामले गति लिन सक्ने नेता कोइरालाले बताए । आउँदो निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने उनको भनाइ छ ।

नेता कोइरालाले पीडितमैत्री भए मात्र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्न कांग्रेसले साथ दिने स्पष्ट पारे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro