site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
त्रिभुवन विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’, दुई घण्टा उडान प्रभावित 
फाइल तस्बिर ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार ‘क्यालिब्रेसन फ्लाइट’ गरिएको छ । जसका कारण दुई घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । 

विमानस्थलमा दिउँसो १ देखि ३ बजेसम्म क्यालिब्रेसन फ्लाइट गरिएको थियो । उक्त समयमा उडान र अवतरण बन्द गरिएको थियो । जसले जहाज उडान र अवतरणमा ‘डिले’ भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । क्यालिब्रेसन फ्लाइट गर्नुअघि नै ‘नोटिस’ जारी गरिएको थियो ।

विमानस्थलमा प्रयोग गरिएका उपकरण चेकजाँच गर्न क्यालिब्रेसन फ्लाइट गरिएको थियो । “विमानस्थलमा प्रयोग गरिएको उपकरणले काम गरेको छ/छैन भनेर चेकजाँच गर्नुपर्ने हुन्छ । त्यसैका लागि आज हामीले क्यालिब्रेसन फ्लाइट गरेका हौँ,” झाले भने, “यो नियममा नै हुन्छ, हामीले सोहीअनुसार गरेका हौँ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro