site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आयरल्यान्ड वुल्भ्सविरुद्ध कमलले इनिङको दोस्रो बलमै लिए विकेट 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ का कमलसिंह ऐरीले इनिङको दोस्रो बलमै विकेट लिएका छन् । 

चोटका कारण दुई वर्ष मैदानबाट बाहिर रहेका कमलले सानदार पुनरागमन गर्दै इनिङको दोस्रो बलमा वुल्भ्सका रस अडायरलाई पभेलियनको दिशा देखाए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कीर्तिपुरमै दुई वर्षअघि भएको मलेसियाविरुद्धको खेलमा कलमको क्ल्याभिकल बोन (ब्युटी बोन)मा चोट लागेको थियो । त्यसयता मैदानबाट बाहिर रहेको कमलले वुल्भ्सविरुद्ध इनिङको पहिलो ओभरमा नै  बलिङ गर्ने अवसर पाएका हुन् । खेलमा टस हारेर ब्याटिङ गरिरहेको आयरल्यान्डले दुई ओभरको समाप्तिमा एक विकेट गुमाएर १८ रन बनाएको छ । 

यसअघि नेपाल ‘ए’ र वुल्भ्सबीचको ट्वान्टी–२० शृंखला बिहीबारदेखि सुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण सम्भव नभएपछि नेपाल क्रिकेट संघ (क्यान)ले पुनः नयाँ तालिका निकालेको हो । नयाँ तालिकामा क्यानले वुल्भ्ससँगको तीन खेलको ट्वान्टी–२० शृंखलालाई निरन्तरता दिएको छ । 

Royal Enfield Island Ad

तालिकाअनुसार, नेपाल र वुल्भ्सले आज पहिलो, शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् । ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । दोस्रो खेल शुक्रबार र तेस्रो आइतबार हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro