राजनीति
काठमाडौं । वाग्मती प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हाम्रो नेपाली पार्टीका वाग्मती प्रदेश संसदीय दलका नेता शैलेन्द्रराज बज्राचार्यलाई मन्त्री नियुक्त गरेका हुन् ।
उनलाई आजै वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको शपथ गराएका थिए ।
उनी संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त भएका हुन् ।
गठबन्धन फेरिएसँगै वाग्मती प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका ६ जना मन्त्रीले फागुन २३ गते राजीनामा दिएका थिए । त्यसपछि मुख्यमन्त्री जम्मट्टेल अल्पमतमा परेका थिए ।
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८० २२:३७
प्रतिक्रिया दिनुहोस्