site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो
मुख्यमन्त्री कमलबहादुर शाह । फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारमा सहभागी दुई मन्त्रीको जिम्मेवारी तोकेका छन् ।

मुख्यमन्त्री शाहले लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम डगौरा थारुलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । दुवैजना यसअघि बिनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री शाहले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने समय नजिकिँदा दुवै बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नागरिक उन्मुक्ति पार्टीका संस्थापक सदस्यको बुधबार टीकापुरमा बसेको बैठकले संघीय सरकार र प्रदेश सरकारका सवालमा पार्टीले निर्वाह गरिरहेको भूमिकालाई अहिले यथावत् राख्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए ।

यसअघि, नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो । सुदूरपश्चिम प्रदेशमा भने नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने निर्णय सो पार्टीको संसदीय दलको बैठकले गरेको थियो । संसदीय दलका नेता एवं आर्थिक मामिलामन्त्री घनश्याम चौधरीले प्रदेशमा शाह नेतृत्वको सरकारलाई नै समर्थन गर्ने विषयमा आफूहरू पछि नहट्ने बताए ।

Royal Enfield Island Ad

बहुमत जुटाउन स्वतन्त्र सदस्य डा. तारा जोशी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का खेमादेवी विष्टबाट सहयोग प्राप्त हुने मुख्यमन्त्री शाह बताउँछन् । प्रदेश सरकार गठनमा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीका सात प्रदेशसभा सदस्यमध्ये पाँचजना मन्त्री भइसकेका छन् ।

केन्द्रमा फेरिएको समीकरणसँगै मुख्यमन्त्रीले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का मन्त्रीलाई पदमुक्त गरेका थिए । नागरिक उन्मुक्तिले भने सरकारलाई दिएको समर्थन यथावत् राखेको थियो । लगत्तै मुख्यमन्त्रीले सो पार्टीका थप चार प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।

सुदूरपश्चिम प्रदेशसभा ५३ सदस्यीय हो । बझाङ क्षेत्र नम्बर–१ ‘क’को प्रदेशसभा सदस्य पद रिक्त छ । रिक्त प्रदेशसभा सदस्यका निम्ति आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

सरकारले विश्वासको मत प्राप्त गर्न २७ सदस्यको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro