site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
स्वदेश फर्कियो नेपाली फुटबल टिम
Dabur Nepal
NIC Asia

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणका निम्ति बहराइन पुगेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ । नेपाली टिम बुधबार राति फ्लाई दुबईको फ्लाइटमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । नेपाली टिमको स्वागतका निम्ति अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता विमानस्थल पुगेका थिए ।

छनोटको समूह ‘एच’मा रहेको नेपालले बहराइनमा घरेलु टिमसँग दुई खेल खेलेको थियो । बहराइनसँगको पहिलो खेल नेपालमा हुने तालिका थियो । तर, अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला खेल्नलायक नभएपछि ‘होम’ र ‘अवे’ दुवै खेल बहराइनमा खेलिएको हो । पहिलो खेलमा नेपाल ५–० र दोस्रोमा ३–० ले पराजित भएको थियो ।

छनोटको दोस्रो चरणमा हालसम्म चार खेल खेले पनि नेपाल अंकविहीन छ । नेपालले यसअघि युनाइटेड अरब इमिरेट्स र यमनसँग पनि हार व्यहोरेको थियो । नेपालले अब आउँदो जुनमा यूएई र यमनसँग खेल्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro