देश

काठमाडौं । कांग्रेस नेतृ डा. आरजु राणा देउवाको भारतमा थाइराइडको शल्यक्रिया गरिएको छ । भारतको नयाँदिल्लीस्थित म्याक्स हस्पिटलमा बुधबार उनको हाइपर थाइराइडको शल्यक्रिया गरिएको उनका स्वकीयसचिव कमल रावलले जानकारी दिएका छन् ।
दुई वर्षदेखि सोही समास्या देखिएपछि आरजु गएको चैत २ गते फलोअपका लागि दिल्ली पुगेकी थिइन् । उनको अवस्था हाल सुधारोन्मुख रहेको र अस्पतालमै रहेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८० १२:४०
प्रतिक्रिया दिनुहोस्