site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल पुनः सञ्चालनमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको सबैभन्दा पहिलो उद्योग विराटनगर जुट मिल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ ।

मिल ८ दशकअघि वि.सं. १९९३ असार ३० गते स्थापना भएको हो । भारत, कलकत्ताका तत्कालीन उद्योगपति राधाकृष्ण चमरिया र नेपालका श्री ३ जुद्ध शमशेरको योजनाअनुसार मिलको स्थापना गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

२००४ सालमा नेपाली राजनीतिका शीर्ष व्यक्तित्वहरु गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीले मजदुर आन्दोलनको सुरुवात गरेको उक्त मिल लामो समयसम्म विभिन्न अवरोध तथा बन्द रहेको थियो । 

अहिले सञ्चालक समितिको सक्रियतामा मिललाई पुनः सञ्चालनमा ल्याइएको हो ।  

Global Ime bank

कम्पनीका प्रवन्ध निर्देशक निलहरी काफ्लेले उद्योगको विधिवत रुपमा सञ्चालनको सुरुवात गरिएको बताए । उनका अनुसार सुरुवाती लगानीको रुपमा हालसम्म १ करोड रुपैयाँ लगानी गरिसकिएको छ । “कम्पनीका अधिकांश मेशिनहरु चल्ने स्थितिमा थिएनन् । त्यस्तै कम्पनी भवन, ढोका, झ्याल लगायतका भौतिक पूर्वधारहरुको मर्मत सम्भारको लागि रकम उक्त रकम खर्च गरिएको थियो,” उनले भने “त्यसका लागि काठमाडौं तथा हाल मिलमा कार्यरत विभिन्न इन्जिनियरका टिमहरुलाई परिचालन गरेका छौं ।” 

अहिले पहिलेकै ६० प्रतिशत मेशिनहरु तथा अधिकांश भौतिक पूर्वाधारहरुलाई प्रयोगमा ल्याइएको छ । मिल सञ्चालन प्रारम्भ भएको महिनादिनभित्र करिब थप २ करोड रुपैयाँ लगानी गरिने कम्पनीको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०७४  १९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय