site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली फुटबल टिम आज स्वदेश फर्किंदै 

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणका लागि बहराइन पुगेको नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्किंदै छ । छनोटको समूह ‘एच’मा रहेको नेपालले बहराइनमा घरेलु टिमसँग दुई खेल खेलेको थियो ।

बहराइनसँगको पहिलो खेल नेपालमा हुने तालिका रहे पनि अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला खेल्न लायक नभएपछि नेपालले 'होम' र 'अवे' दुवै खेल बहराइनमा खेलेको हो । जसअन्तर्गत पहिलो खेलमा नेपाल ५–० र दोस्रो खेलमा ३–० ले पराजित भएको थियो ।

Dabur Nepal
NIC Asia

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाली टिम आज राति ११ः४५ बजे त्रिभुवन विमानस्थल आइपुग्नेछ । नेपाली टिम फ्लाई दुबईको फ्लाइटबाट नेपाल आउने एन्फाले जनाएको छ । 

छनोटको दोस्रो चरणमा हालसम्म चार खेल खेले पनि नेपाल अंकविहीन छ । नेपालले यसअघि युनाइटेड अरब इमिरेट्स र यमनसँग पनि हार बेहोरेको थियो । नेपालले अब जुनमा यूएई र यमनसँग खेल्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro