site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रत्येक दिन २१ सय नेपाली विदेशिन्छन्, पाँचजनाको विदेशमै हुन्छ मृत्यु !
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रत्येक दिन २१ सयभन्दा बढी नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने गर्छन् । प्रायः खाडीका राष्ट्र र मलेसिया पुग्छन् ।

रोजगारी खोज्दै विदेशी भूमि पुग्ने यस्ता नेपालीमध्ये प्रत्येक दिन औसतमा करिब ५ जना काठको बाकसमा नेपाल फर्कने गर्छन् । अर्थात्, वैदेशिक रोजगारीको सिलसिलामा विदेशी भूमिमै उनीहरुले ज्यान गुमाउँछन् ।

हो, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डको तथ्याङ्कले यही भन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बोर्डका अनुसार, चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो साढे ८ महिनामा वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका १ हजार २५५ जनाको शव नेपाल ल्याइएको छ । २०८० साउन १ गतेदेखि चैत १२ गतेसम्मको अवधिमा औसतमा दैनिक ४.९२ जनाको शव नेपाल आएको छ ।

“चालु आर्थिक वर्षमा सबैभन्दा बढी नेपालीको मृत्यु साउदी अरब, मलेसिया, कतार र युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको देखिन्छ,” वैदेशिक रोजगार बोर्डका प्रवक्ता टिकाराम ढकालले बाह्रखरीसँग भने ।
 
ढकालका अनुसार, पछिल्लो साढे ८ महिनाको अवधिमा साउदी अरबबाट ५१४, मलेसियाबाट ३३३, कतारबाट १२३ र यूएईबाट ८२ जना नेपालीको शव नेपाल ल्याइएको छ । यीमध्ये १९७ जनाको शव बोर्डको खर्चमा नेपाल ल्याइएको हो ।
 
गत आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । अर्थात् उक्त वर्ष औसतमा दैनिक २ हजार ११३ जनाभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।
 
विभागका अनुसार, चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि फागुनसम्मको ८ महिनाको अवधिमा श्रम स्वीकृति लिई ४ लाख ७१ हजार २१० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । चालु आर्थिक वर्ष सुरु भएपछि दैनिक औसतमा १ हजार ९६३ जनाभन्दा बढी वैदेशिक रोजगारीमा गएको देखिन्छ ।
 
वैदेशिक रोजगारीमा जानेको मृत्यु यही गतिमा भइरहे चालु आर्थिक वर्ष २०८०/८१ को अन्तसम्म साढे १७ सयभन्दा बढीको मृत्यु हुने देखिन्छ, जुन हालसम्मकै सबैभन्दा उच्च हुनेछ ।
 
वैदेशिक रोजगार बोर्डका प्रवक्ता ढकालका अनुसार, चालु आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकामध्ये ८१७ जनाको परिवारलाई आर्थिक सहायतास्वरुप २८ करोड ९५ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको छ ।

Global Ime bank

गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीका क्रममा १ हजार २०८ जनाको मृत्यु भएको थियो । गतवर्ष वैदेशिक रोजगारीका क्रममा जति नेपालीको विदेशी भूमिको मृत्यु भएको थियो त्योभन्दा बढी चालु आर्थिक वर्षको पहिलो साढे ८ महिनामा भएको छ ।

गत आर्थिक वर्षमा मृत्यु भएका १ हजार २०८ जनाको परिवारलाई बोर्डले आर्थिक सहयाता स्वरुप ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ प्रदान गरेको थियो । ढकालका अनुसार, आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १३ हजार ४४ जनाको परिवारलाई आर्थिक सहायता स्वरुप ४ अर्ब ८६ करोड ३० लाख ४४ हजार रुपैयाँ उपलब्ध गरिएको छ ।
 
ढकालका अनुसार चालु आर्थिक वर्षको पहिलो साढ ८ महिनामा वैदेशिक रोजगारीका क्रममा बिरामी, अंगभंग भएका ३३३ जनालाई आर्थिक सहायत स्वरुप १० करोड ६ लाख ३५ हजार रुपैयाँ उपलब्ध गरिएको छ । 

गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा अंगभंग तथा गम्भीर विरामी भएका ३८९ जनालाई ९ करोड ९७ लाख ८ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको थियो ।  बोर्डका अनुसार आर्थक वर्ष २०६५/६६ देखि २०८०/८१ को चैत १२ गतेसम्म (१५ वर्ष ८ महिना १२ दिन) वैदेशिक रोजगारीमा गएका १३ हजार ३९५ जनाको मृत्यु भएको छ । 

आर्थिक वर्ष २०६५–६६ मा ७८, २०६६–६७ मा ४२१, २०६७–६८ मा ५६४, २०६८–६९ मा ६४७, २०६९–७० मा ७७२, २०७०–७१ मा ८७७, २०७१–७२ मा १ हजार ६, २०७२–७३ मा ८२६ र २०७३–७४ मा ७५८ जनाको मृत्यु वैदेशिक रोजगारीका क्रममा भएको थियो । 

यस्तै, आर्थिक वर्ष २०७४–७५ मा ८२६, २०७५–७६ मा ७६३, २०७६–७७ मा ६७२, २०७७–७८ मा १ हजार २४३, २०७८–७९ मा १ हजार ४७९ र २०७९–८० मा १ हजार २०८ जना नेपालीको मृत्यु वैदेशिक रोजगारीमा जाँदा भएको बोर्डले जनाएको छ। चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो साढे ८ महिनामा १ हजार २५५ जनाको मृत्यु भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय