site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालमा लगानी गर्न एआईआईबीलाई अध्यक्ष ढकालको आग्रह

काठमडाौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को सञ्चालक समितिका पदाधिकारी र नेपालको निजी क्षेत्रका प्रतिनिधिहरूसँग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मंगलबार चन्द्रागिरीमा भएको भेटमा नेपालमा विभिन्न क्षेत्रमा लगानीका सम्भावित अवसरको खोजीमा विशेष छलफल भएको थियो ।

एआईआईबीले यातायात, उर्जा र शहरी विकासलगायत क्षेत्रमा कसरी बढी योगदान दिन सक्छ भन्ने विषयमा पनि छलफल भएको छ । नेपालको दिगो विकासमा निजी क्षेत्रले कसरी योगदान गर्न सक्छ भन्ने विषयमा पनि छलफल भएको छ ।  

महासंघका अध्यक्ष ढकालले बोर्डका पदाधिकारीहरूलाई निजी क्षेत्र एआईआईबीजस्ता संस्थाहरूसँग रणनीतिक साझेदारीमार्फत् सम्भावनाको फाइदा लिन उत्सुक रहेको जानकारी दिए । ढकालले नेपाल रणनीतिक रूपमा दुई ठूला अर्थतन्त्र भारत र चीनको बीचमा रहेकाले नेपालमा उत्पादित वस्तुलाई विश्वका दुई ठूला बजारमा सहज पहुँच पुर्याउन सक्ने बताए ।

ढकालले नेपालमा पूर्वाधार, ऊर्जा, पर्यटन र कृषिमा लगानीको सम्भावना रहेको बताए । 

महासंघका अध्यक्ष ढकालले नेपाल सरकारले लगानीको वातावरण सुधार गर्न १२ वटा ऐन परिमार्जन गर्ने प्रक्रियामा रहेको बताएका थिए । 

ढकालले आगामी अप्रिल २८ देखि २९ गतेसम्म आयोजना हुने लगानी सम्मेलनबारे अधिकारीहरुलाई जानकारी दिएका छन् । 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro