site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यी दुई संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची 
Argakhachi Cement Island Ad

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ । 

बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजना तथा विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०६:२७
प्रतिक्रिया दिनुहोस्