site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली महिला क्रिकेट टिमले एसिया कप खेल्ने, भारत र पाकिस्तान एकै समूहमा 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सामाजिक सञ्जालमार्फत नेपाली महिला टिमले एसिया कप खेल्ने जनाएको हो । 

यसअघि मलेसियामा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा घरेलु टिमसँग पराजित भएपछि नेपालले एसिया कपमा छनोट हुने अवसर गुमाएको थियो । उक्त प्रतियोगिताको फाइनलमा प्रवेश गरेका मलेसिया र युनाइटेड अरब इमिरेट्स (यूएई) ले सोझै एसिया कपमा स्थान बनाएका थिए । तर, एसीसीले एसिया कपमा प्रतिस्पर्धा गर्ने टिमको संख्या आठ पु¥याएपछि प्रिमियर कपको सेमिफाइनल पुगेका चारै टिम छनोट भएका हुन् । 

प्रिमियर कपको सेमिफाइनलमा नेपाललाई मलेसियाले हराउँदा यूएईले थाइल्यान्डलाई हराएको थियो । एसीसीको नयाँ संरचनाअनुसार नेपाल र थाइल्यान्डले प्रतियोगितामा स्थान बनाएका हुन् । 

महिला एसिया कपको नवौँ संस्करण श्रीलंकामा हुने तय भएको छ । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र यूएई समूह ‘ए’ मा छन् । 

यस्तै, समूह ‘बी’ मा मलेसिया, बंगलादेश, श्रीलंका र थाइल्यान्ड छन् । नेपालले जुलाई १९ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसपछि नेपालले जुलाई २१ मा यूएई र जुलाई २३ मा भारतविरुद्ध खेल्नेछ ।
 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro