site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगर भन्सारका तत्कालीन प्रमुख र अधिकृतविरुद्ध साढे ८४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सारका तत्कालीन प्रमुख ताराप्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

देश इन्टरनेसनल प्रालिले चीनबाट ल्याएको सामानको न्यून बीजकीकरण गरी प्रज्ञापनपत्रसमेत सिस्टमबाट डिलिट गराएर ८४ लाख ५५ हजार ६०५ रुपैयाँ राज्यलाई नोक्सान पुर्‍याएको अभियोगसहित अख्तियारले मुद्दा दायर गरेको हो ।

उनीहरूमाथि बिगोबमोजिम जरिवाना र थप सजायको माग अख्तियारले गरेको छ । भन्सार विभाग र अर्थमन्त्रालयले समेत ताकेता गरेपछि कार्यालयका तर्फबाट सापकोटा र शर्माले नयाँ प्रज्ञापनपत्र देखाएर अर्कै कारोबार विवरण तयार पारेको अभियोगमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro