site stats
बाह्रखरी :: Baahrakhari
देश
बाँकेमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बाँकेमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

२१ वर्षीया शुशिला सुनारको हत्या गरेको आरोपमा उनका श्रीमान् बर्दियाको बाँसगडी नगरपालिका–४ घर भएका २२ वर्षीय अनिल विकलाई प्रहरीले पक्राउ गरेको हो ।

विक कोहलपुर नगरपालिका–१४, पार्वतीपुरस्थित होमपाइप कम्पनीमा कार्यरत छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

विकले धारिलो हतियार प्रहार गर्दा सुनार गम्भीर घाइते भएकी थिइन् । सुनारको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्