site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इटालीमा १० प्रतिशत नागरिकमा निरपेक्ष गरिबी 

रोम । सन् २०२३ मा इटालीमा हरेक १० मध्ये एकजना निरपेक्ष गरिबीमा बाँचिरहेका प्रारम्भिक सरकारी तथ्यांकले देखाएको छ ।

इटालीको ‘नेसनल स्टाटिस्टिक्स इन्स्टिच्युट’का अनुसार सन् २०२३ मा ५७ लाख ५० हजार इटालियाली निरपेक्ष गरिबीमा बाँचिरहेको पाइएको छ । यो संख्या सन् २०२२ मा ५६ लाख ७० हजार र सन् २०२१ मा ५३ लाख २० हजार थियो । गत वर्ष देशको कुल जनसंख्याको ९.८ प्रतिशत निरपेक्ष गरिबीमा रहेको देखिएको छ । 

इन्स्टिच्युट’ले निरपेक्ष गरिबीमा बाँचिरहेका व्यक्तिलाई आफ्नो आधारभूत आवश्यकता जस्तै खाना र स्वच्छ पिउने पानी, लुगाफाटा, स्वास्थ्य हेरचाह र आश्रय पूरा गर्न स्रोतहरूको अभाव भएको व्यक्तिको रूपमा परिभाषित गरेको छ । 

इन्स्टिच्युट’को तथ्यांकले निरपेक्ष गरीबीको उच्चतम स्तर मुख्यतया कृषिका लागि चिनिने देशको दक्षिणी क्षेत्रहरूमा देखिएको छ भने औद्योगिक क्षेत्रका लागि चिनिने उत्तरी क्षेत्रले गरिबीको सबैभन्दा कम स्तर देखाएको छ । यसले देशको अन्य भागको तुलनामा उत्तरी क्षेत्रमा गरिबीको स्तरमा तीव्र कमी आएको उल्लेख गरेको छ । 

गत वर्ष १८ वर्षभन्दा कम उमेरका १४ प्रतिशत इटालियाली निरपेक्ष गरिबीमा बाँचिरहेका छन् भने १८ देखि ३४ वर्ष उमेर समूहका ११.९ प्रतिशत रहेका देखिएको छ । 

त्यसैगरी, ६५ वर्षमाथिका नागरिकमध्ये ६.२ प्रतिशत मात्र सबैभन्दा कम आर्थिक वर्गमा बाँचिरहेका छन् । इस्टिच्युुटका अनुसार निरपेक्ष गरिबीमा बाँचिरहेका इटालियाली बढ्दो प्रतिशतको मुख्य कारक मुद्रास्फीति हो, जसले विगत दुई वर्षमा आर्थिक वृद्धिलाई उछिनेको छ ।

गत वर्ष औसत ५.९ प्रतिशतले मूल्यवृद्धि भएको थियो भने अर्थतन्त्र ०.९ प्रतिशतले बढेको थियो । त्यसैगरी सन् २०२२ मा मुद्रास्फीति दर ८.१ प्रतिशत रहेको थियो भने अर्थतन्त्र ३.७ प्रतिशतले मात्र वृद्धि भएको थियो । रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro