site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
'वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने हो, गठबन्धन लामै समयसम्म लैजाने हो'

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको वाग्मती प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर नयाँ गठबन्धन बनाइएको स्पष्ट पारे । उनले हालको सत्ता गठबन्धनलाई लामो समयसम्म लैजाने सोच र लक्ष्यका साथ पार्टीले निर्णय गरेकाले त्यसलाई अक्षरशः लागु गरिने स्पष्ट पारे । 

Dabur Nepal
NIC Asia

गठबन्धन परिवर्तन गर्ने निर्णय एकाएक नभएको उल्लेख गर्दै उनले वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने लक्ष्य राखिएको बताए । पछिल्लो एक वर्षको अनुभवका आधारमा नयाँ निर्णय लिनु नै सुरक्षित उपाय भएको प्रधानमन्त्रीको भनाइ रहेको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डीपी ढकालले जानकारी दिए । 

प्रदेश सरकारको विषयमा केही समयभित्रै आवश्यक निर्णय लिइने उनको भनाइ छ । सङ्घीय सरकारमा परिवर्तन भएलगत्तै प्रदेश सरकारको बारेमा पनि निर्णय लिनुपर्ने अवस्था आएको भन्दै उनले गठबन्धनमा आवश्यक छलफल गरेर उपयुक्त निर्णय लिइने प्रधानमन्त्रीको कथन छ । 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले काठमाडौँ उपत्यकामा कमजोर रहेको पार्टीलाई नयाँपन दिएर अगाडि बढाउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उपत्यकाको आवश्यकता र चाहनालाई ख्याल गरेर जनतासँग जोडिन, सङ्गठन सुदृढ गर्न रचनात्मक उपाय अवलम्बन गर्नुपर्नेमा उनको जोड थियो । सरकारले गरेका जनपक्षीय काम कारबाहीको बारेमा जनतालाई बुझाउनसमेत प्रधानमन्त्रीले आग्रह गरे । 

बैठकमा वाग्मती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटा, अध्यक्ष सरल सहयात्री पौडेललगायतको उपस्थिति थियो । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  २१:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro