site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सातै प्रदेशमा सिटिजन्स बैंकको वित्तीय साक्षरता कार्यक्रम
Sarbottam CementSarbottam Cement

काठमाडौं । ग्लोबल मनि विक २०२४ को अवसार पारेर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सातै प्रदेशका २५ शाखा कार्यालयबाट वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । 

बैंकले कोसी प्रदेशको विराटनगर, विर्तामोड, हल्दिबारी र महेन्द्र चोक, मधेस प्रदेशको  विद्यापतिचोक, वीरगन्ज, कृष्णप्रणामी र राजविराज, वाग्मती प्रदेशको थापाथली, थली, भरतपुर, हेटौँडा र सिनामंगल, गण्डकी प्रदेशको अमरापुरी र दमौलीमा साक्षरता कार्यक्रम अयोजना गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी लुम्बिनी प्रदेशको भुताहा र बढैयाताल र कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, डोल्पा र सिमीकोट तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर, धनगढी, बझाङ र अत्तरियामा विभिन्न वित्तीय साक्षरताका कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा उपस्थित युवा तथा विद्यार्र्थीवर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्त्वको बारेमा जानकारी दिइएको छ । यससँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको थियो ।

Global Ime bank

नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ प्रणाली मजबुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंकले १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement