site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभामा कांग्रेसले दियो रोकायालाई सचेतकको जिम्मेवारी
राष्ट्रियसभा बैठकको दृश्य । फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकायालाई नियुक्त गरेको छ । कांग्रेस संसदीय दलका नेता समेत रहेका सभापति शेरबहादुर देउवाले रोकायालाई सचेतकको जिम्मेवारी तोकेका हुन् ।

देउवाले यसअघि राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई नियुक्त गरेका थिए । कांग्रेस संसदीय दलको विधानानुसार दलको नेता देउवाले सचेतक तोकेका उनका निजी सचिव केशव जोशीले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्