site stats
बाह्रखरी :: Baahrakhari
कला
तीन दिनमा ‘महाजात्रा’ले कति गर्‍यो कलेक्सन ? 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महाजात्रा’ले तीन दिनमा तीन दिनमा चार करोड २६ लाख ग्रस कलेक्सन गरेको छ ।  

शुक्रबारबाट रिलिज भएको चलचित्रले आइतबारसम्म चार करोड २६ लाख ग्रस कलेसक्न गरेको हो । 

Argakhachi Cement Island Ad

निर्माता दीपेश खत्री ‘म्याक्स’का अनुसार सिनेमाले शुक्रबार एक करोड २३ लाख, शनिबार एक करोड ८३ लाख र आइतबार एक करोड २० लाख ग्रस कलेक्सन गरेको छ । 

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रले शुक्रबार ३४२ भन्दा धेरै शो पाएको थियो । त्यसयता हलहरूले शो थप्दै गएका छन् । 

‘महाजात्रा’ नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा रिलिज भएको छ ।  

आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै चलचित्रको मुख्य कथा हो । चलचित्रमा विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्यलगायत कलाकार मुख्य भूमिकामा छन् ।   
 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्