site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अस्ट्रियाका बाउमगार्टनेर बने अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी

काठमाडौं । अस्ट्रियाका क्रिस्टोफर बाउमगार्टनेर अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत शनिबार राति स्लोभाकियाविरुद्ध बाउमगार्टनेरले सबैभन्दा छिटो गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

उनले स्लोभाकियाविरुद्ध खेल सुरु भएको ६ सेकेन्डमै गोल गरेका थिए । सेन्टरबाट बल चलाएलगत्तै उनले स्लोभाकियाका तीन खेलाडीलाई कटाउँदै १८ यार्ड बक्सबाहिरबाट सेकेन्ड बारमा गोल गरेका थिए । उनले खेल सुरु भएपछि बलमा कुल आठ ‘टच’ गर्दै गोल गरे ।

Dabur Nepal
NIC Asia

“पक्कै पनि यो निकै सानदार थियो । म धेरै खुसी छु । यो पक्कै पनि सनसनीपूर्ण थियो,” गोलबारे प्रतिक्रिया दिँदै बाउमगार्टनेरले भने ।

खेलमा अस्ट्रिया २–० ले विजयी भयो ।

दोस्रो सबैभन्दा छिटो गोल
शनिबार राति नै भएको फ्रान्स र जर्मनीविरुद्धको खेलमा पनि अन्तर्राष्ट्रिय फुटबलको दोस्रो सबैभन्दा छिटो गोल भयो । फ्रान्सविरुद्ध जर्मनीका फ्लोरिन विर्ट्जले सात सेकेन्डमा गोल गरे । खेलमा जर्मनीले फ्रान्सलाई २–० ले हरायो ।

यसअघि, अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडीको कीर्तिमान जर्मनीका लुकास पोडोलस्कीको नाममा थियो । उनले सन् २०१३ मा इक्वेडरविरुद्ध सात सेकेन्डमा गोल गर्दै यो कीर्तिमान बनाएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ११:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro