site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्षयरोग निवारण : लक्ष्य भेट्न सार्क राष्ट्रहरूलाई चुनौती  

काठमाडौं । क्षयरोग निवारण गरिब राष्ट्रहरू मात्रै नभइ सार्क क्षेत्रकै चुनौती बनेको  छ । सार्क मुलुकहरूले सन् २०३० सम्ममा बर्सेनि थपिने क्षयारोगीको संख्या ८० प्रतिशतले र क्षयरोगका कारण हुने मृत्यु ९० प्रतिशतले घटाउने लक्ष्य राखेका छन् । तर, अधिकांश बिरामी रोग निदान र उपचारभन्दा बाहिर रहेकाले यो लक्ष्य भेटाउन कठिन हुने विज्ञहरू बताउँछन् । 

नेपालमा हाल ७० हजार जनसंख्यामा क्षयरोग भएको अनुमान छ । तर, तीमध्ये ३७ हजार ४४७ जना मात्रै पहिचान भएको ४६.५ प्रतिशत अझै उपचारबाहिर रहेको सेभ द चिल्ड्रेनका सिनियर टेक्निकल एड्भाइजर डा. आशिष श्रेष्ठ बताउँछन् । 

पहिचान र उपचारमा ‘ग्याप’ हुनुमा सामाजिक लाञ्छनाका कारण बिरामी खुलेर बाहिर आउन नसक्नु नै रहेको उनको भनाइ छ । भारतमा क्षयरोगका बिरामीको संख्या २४ लाख रहेको र त्यसमध्ये ४४ प्रतिशत क्षयरोगी अझै उपचारको दायराभन्दा बाहिर रहेको तथ्यांक छ । 

बंगलादेशमा प्रतिवर्ष एकलाख जनसंख्यामध्ये २५ जनाको क्षयरोगका कारण मृत्यु हुने गरेको तथ्यांक छ । त्यहाँ प्रत्येक वर्ष एक लाखमध्ये २६० जनामा क्षयरोग पहिचान हुने गरेको बार्क बंगलादेशकी सरुवारोग कार्यक्रम निर्देशक डा. सायला इस्लामले बताइन् । क्षयरोग पहिचान र उपचारमा ठूलो संख्या छुट्नु नै सार्क क्षेत्रमा क्षयरोग निवारणका निम्ति मुख्य चुनौती रहेको उनीहरूको भनाइ छ । 

यो चुनौती हटाउन समुदायमा आधारित अनुसन्धानात्मक कार्यक्रमहरूमा जोड दिनुपर्ने विज्ञहरूको जोड छ । त्यसका लागि ग्लोबल फन्डको आकार बढाउनुपर्ने बताउँछिन् बिराट नेपाल मेडिकल ट्रष्टकी रिसर्च म्यानेजर डा. कृतिका दीक्षित । 

क्षयरोगप्रतिको गलत सामाजिक बुझाइकै कारण ७० प्रतिशत बिरामीले आफ्नो रोजगारी गुमाउनुपरेको तथ्य उनले प्रस्तुत गरिन् । नेपालको हकमा समुदायमा आधारित क्षयरोग पहिचानका कार्यक्रममा सरोकारवालाहरूको ध्यान जानुपर्ने डा. दीक्षितको सुझाव छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro