site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भूमि आयोग खारेज गर्ने निर्णयप्रति आपत्ति 

काठमाडौं । राष्ट्रिय भूमि आयोग खारेज गर्ने सरकारको निर्णयप्रति विघटित आयोगका पदाधिकारीले आपत्ति जनाएका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विघटित आयोगका अध्यक्ष केशव निरौलाले सरकारको सो निर्णयको निन्दा गरे ।

उनले सुकुम्वासीको समस्या समाधान हुन नदिने गरी सरकारले सो आयोग खारेज गरेको आरोप समेत लगाए । संविधानबमोजिमको सो आयोगलाई पूरा कार्यकाल काम गर्न नदिई सरकारले सुकुम्वासीका नाममा राजनीति गरिरहेको उनले जिकिर गरे ।

Dabur Nepal
NIC Asia

निरौलाले सरकारको सो निर्णयले सुकुम्वासी, अव्यवस्थित बसोवासीलाई धोका दिने काम गरेको बताए ।

“...बडो दुःख लागेको छ । आश्चर्यचकित लागेको छ । यहाँनिर मेरो अध्यक्ष पद रहने कि नरहने भन्ने विषयभन्दा पनि यो सुकुम्वासीहरूमाथिको राजनीति कहिलेसम्म हो ? हुन त सुकुम्वासीहरूको राजनीति नेपालका तीनवटै राजनीतिक दलहरूले गर्दछन्,” उनले भने ।

तत्काल पुनर्गठन गर्ने गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले गठन गरेको सो आयोग यही चैत्र ८ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट खारेज गर्ने निर्णय गरिएको थियो । न्युज एजेन्सी नेपाल

adf-1711199861.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro