site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नैतिकतामा प्रश्न उठेकाहरूमाथि छानबिन गर्न महरको आग्रह

काठमाडौं । नेपाली राजनीतिज्ञमा पछिल्लो समय राजनीतिक नैतिकताको खडेरी देखिएको नेपाली कांग्रेसका नेता नैनसिंह महरले बताएका छन् । प्राज्ञिक विमर्श समूहले काठमाडौंको कीर्तिपुरमा आयोजना गरेको लोकतन्त्र र नैतिकता विषयक बहसमा नेता महरले राजनीतिज्ञमा नैतिकता मुख्य विषय भए पनि त्यसमा ह्रास हुने क्रम बढ्दो रहेको बताए ।

“२०१७ साल पछाडि सार्वजनिक ओहदामा रहेका व्यक्ति वा कुनै संस्थामाथि नैतिकरूपमा प्रश्न उठेको छ भने उनीहरूमाथि छानबिन हुनुपर्छ । कारबाही सिफारिसका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ,” उनले भने । 

सदनमा लामो समयदेखि उच्चस्तरीय छानबिन समितिको कुरा उठेको र जनताले पनि यो विषय उठाइरहेकोमा सांसदहरूको गैरजिम्मेवार व्यवहारका कारण समिति गठन हुन सकेको उनको भनाइ छ । 
देशप्रति सांसदहरू जिम्मेवार देखिनु आवश्यक रहेकोको उनको जोड छ । यद्यपि, उच्चस्तरीय छानबिन समिति बन्न नसकेको उनी बताउँछन् । 

नैतिक भ्रष्टिकरण भएका व्यक्तिहरूका कारण पनि देशलाई गम्भीर असर पारिरहेको उनको ठहर छ । “कानुन र नैतिकता अलि फरक हुन् । कानुनभित्र परेको मान्छेलाई कारबाही गर्न सकिन्छ । नैतिकता भनेको उसले पालना गर्ने आचरण हो,” उनले भने, “व्यक्तिले गुमाएको नैतिकताका कारणले समाजमा समस्या पैदा गरिरहेको हुन्छ ।” 
 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro