site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
कति गर्‍यो ‘महाजात्रा’ले पहिलो दिन कलेक्सन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महाजात्रा’ले आकर्षक ओपनिङ गरेको छ । देशभर उच्च शो पाएको चलचित्रले काठमाडौंभित्र र बाहिर नै राम्रो कमाई गरेको हो । 

निर्माता दीपेश खत्री ‘म्याक्स’का अनुसार काठमाडौं उपत्यका र बाहिर गरेर शुक्रबार चलचित्रले एक करोड २३ लाख ग्रस कलेक्सन गरेको छ । काठमाडौं उपत्याकाभित्र मात्रै चलचित्रले करिब ७० लाख कलेक्सन गरेको उनले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रले शुक्रबार ३४२ भन्दा धेरै शो पाएको थियो । सिनेमा हाउसफुल भएपछि हलहरूले शो थप्दै गएको दीपेशले जानकारी दिए । 

‘महाजात्रा’ नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा ‘महाजात्रा’ रिलिज भएको छ ।  

Global Ime bank

आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै चलचित्रको मुख्य कथा हो । चलचित्रमा विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्यलगायत कलाकार मुख्य भूमिकामा छन् ।  

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement