site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दश दिन संसद् रोकेर सभामुख स्विजरल्यान्डमा, उपसभामुख 'बेखबर'

काठमाडौं । इन्टर पार्लियामेन्ट्री युनियन (आईपीयू)को सम्मेलनमा भाग लिन सभामुख देवराज घिमिरे नेतृत्वको टोली बिहीबार राति स्विजरल्यान्ड प्रस्थान गरेको छ । आईपीयूको १४८औँ महासभामा भाग लिन राजनीतिक दलका प्रमुख सचेतकसहित १० जनाको टोली लिएर सभामुख स्विजरल्यान्ड गएका हुन् ।

आईपीयू महासभा चैत १० देखि १४ सम्म स्विजरल्यान्डको जेनेभामा हुँदै छ । सभामुखको टोलीमा प्रमुख दलका प्रमुख सचेतक सहभागी छन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार भ्रमण दलमा छन् ।

यस्तै, राष्ट्रियसभाकी माओवादीतर्फकी सदस्य गंगाकुमारी बेलबासे, संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, सभामुख घिमिरेका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसद् सचिवालयका उपसचिव प्रदीप गुरागाईं टोलीमा छन् ।

भ्रमणमा जाने भएपछि सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक चैत १८ गतेसम्म स्थगित गरेका छन् । सभामुखको अनुपस्थितिमा बैठक सञ्चालनसहितका काम गर्ने उपसभामुख इन्दिरा राना भने भ्रमणबारे बेखबर छिन् । उनले विभिन्न व्यक्तिमार्फत सुन्नेबाहेक आफूले औपचारिक जानकारी नपाएको बताइन् ।

"कार्यवाहक जिम्मेवारी हैन, सभामुख विदेश जाँदै गरेको औपचारिक जानकारीसमेत मलाई छैन," उपसभामुख रानाले भनिन्, "संसद् १८ गतेसम्म स्थगित गर्नुभएको जानकारी मलाई छ ।"

उनले कार्यवाहक जिम्मेवारी नदिएको विषयमा थप टिप्पणी नगर्ने बताइन् ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ ले बैठक सञ्चालन र स्थगनसम्बन्धी व्यवस्था गरेको छ ।

"सभामुखले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्नेछ । तर, सभामुखले उपसभामुखलाई लिखित निर्देशन दिएमा वा सभामुख काबुबाहिरको परिस्थिति परी बैठकमा उपस्थित हुन नसकेमा उपसभामुखले बैठकको प्रारम्भ तथा स्थगन वा सभामुखले प्रारम्भ गरेको बैठकको स्थगनको घोषणा गर्नेछ ।"

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro