site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
को हुन् राष्ट्रिय योजना आयोगका नयाँ चार सदस्य ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ गठबन्धनसँगै ‘भागबन्डा’मा नियुक्त गर्ने क्रम राष्ट्रिय योजना आयोगको सदस्यबाट सुरु भएको छ । आयोगमा गठबन्धनमा नयाँ दल एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समेट्दै मन्त्रिपरिषद्ले चार सदस्य नियुक्त गरेको हो ।

सरकार फेरबदलसँगै नेपाली कांग्रेस र जनमत पार्टी सरकारबाट बाहिरिएसँगै चार सदस्यले राजीनामा दिएका थिए । यसअघि कांग्रेस र जनमतको कोटाबाट सदस्य बनेका डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले गत २ चैतमा राजीनामा दिएका थिए । 

माओवादी र आफूलाई नियुक्तिकर्ता सरकारमै रहेकाले उपाध्यक्ष तथा तीन सदस्य भने यथावत् रहेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट काठमाडौंकी प्राध्यापक डा. संगीता सिंह, जुम्लाका डा. कुसेन्द्रबहादुर महत, पाल्पाका डा. शिवराज अधिकारी र ललितपुरका डा. अरनिकोकुमार पाँडेलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारी संयन्त्रमा ‘राजनीतिक पात्र’ र ‘भागबन्डा’का आधार नियुक्ति दिइनु हुन्न मान्यता राख्ने नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्यलाई नै नियुक्त गरेको छ । ललितपुरका डा. अरनिकोकुमार पाँडे उक्त पार्टीका केन्द्रीय सदस्य हुन् । यद्यपि, उनी जलवायु विज्ञ हुन् ।

Global Ime bank

यसले स्वतन्त्र पार्टी पनि दलीय भागबन्डामै भाग लिँदै जाने देखाउँछ । पुराना भनिएका दलहरू त ‘भागबन्डा’मा रोमाञ्चित थिए नै ।

डा. कुसेन्द्रबहादुर महत

एमालेको कोटाबाट योजना आयोगको सदस्यमा नियुक्त भएका हुन्, महत । उनी यसअघि पनि एमाले तथा माओवादीसँगको गठबन्धन सरकार हुँदा योजना आयोगका सदस्य भएका थिए ।

तर, एमाले सत्ताबाट बाहिरिएपछि उनी पनि बाहिरिएका थिए । उनी यसअघि कर्णाली प्रदेशको एकीकृत विकासका लागि आवश्यक सल्लाहकार दिने गरी गठन गरिएको विज्ञ समूहको सदस्य नियुक्त भएका थिए । उनी ‘साउथवेस्टन सेन्टर फर रिसर्च एन्ड पीएचडी स्टडिज’का बोर्ड सदस्य हुन् । उनले डा. केएन मोदी युनिभर्सिटीबाट विद्यावारिधि गरेका छन् ।

प्रा.डा. संगीता सिंह

सहरी विकासमा विद्यावारिधि गरेकी सिंह त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्टिट्युसन अफ इन्जिनियरिङ संकायमा कार्यरत छिन् । उनी सहरी योजनाकी प्राध्यापक हुन् । 

उनले सहरी विकास सम्बन्धी एक दर्जनभन्दा बढी अनुसन्धानमूलक लेख लेखेकी छन् । उनलाई सहरी विकास विज्ञका रूपमा लिने गरिन्छ ।

शिवराज अधिकारी

अधिकारी त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख हुन् । उनले थाइल्यान्डको चुलालोङकोर्न विश्वविद्यालय बैंककबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

अरनिको पाँडे

वातावरण तथा जलवायु परिवर्तनका सवालमा विज्ञ मानिन्छन्, पाँडे । राष्ट्रिय स्वतन्त्र पार्टीसँगै केन्द्रीय राजनीतिमा देखिएका पाँडे गत संसदीय निर्वाचनमा ललितपुर–३ मा उमेदवार बन्ने चर्चाको सूचीमा थिए । तर, डा. तोसिमा कार्कीलाई पार्टीले उमेदवार बनाएपछि उनी पार्टी विस्तार र संरचना निर्माण अभियानमा थिए ।

उनले अमेरिकाको म्यासाचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजीबाट विद्यावारिधि गरेका छन् । उनले वायुमण्डलीय विज्ञानमा डाक्टर अफ साइन्स हासिल गरेका हुन् । उनी पाँच वर्ष भर्जिनिया विश्वविद्यालयमा रिसर्च एसिस्टेन्ट प्राध्यापक थिए । उनले सन् २०२२ को अप्रिलमा अरनिको पाँडे कन्सल्टिङ कम्पनी खोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  २१:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !