site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
राष्ट्रिय साइबर सुरक्षा केन्द्र सञ्चालन हुने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेर साइबर सुरक्षा केन्द्र सञ्चालनमा आउने भएको छ । केन्द्र सञ्चालनमा ल्याउने काम लगभग अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।

सरकारले साइबर आक्रमणसम्बन्धी घटनाको प्रतिकार्य गर्न साइबर सुरक्षा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयकको मस्यौदामा समेत यस्तो व्यवस्था छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले कार्यालय स्थापना गरी केन्द्र सञ्चालनमा आउने बताए । “केही काम भइसकेको छ । चाँडै नै कार्यालय स्थापना भएर उद्घघाटन हुन्छ,” सुवेदीले भने ।

केन्द्रको प्रमुखका रूपमा मन्त्रालयका सहसचिव रहने व्यवस्था छ । यस्तै केन्द्रमा निर्देशक र अन्य कर्मचारी रहनेछन् । अहिले साइबर सुरक्षा केन्द्रका लागि कार्यालय प्रमुख, निर्देशक र चार कम्प्युटर इन्जिनियर तोकिइसकेका छन् । केन्द्रले साइबर सुरक्षामा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवद्र्धन, जनचेतना अभिवृद्धिलगायत काम गर्नेछ ।

साइबर सुरक्षासम्बन्धी तयारी, चुनौतीको पहिचान, रोकथाम, प्रतिक्रिया तथा पुनर्लाभ लगायतका काम पनि केन्द्रले गर्नेछ । केन्द्रले डिजिटल फोरेन्सिक अनुसन्धानको काम पनि गर्नेछ ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  २०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro