site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनियमितताबारे अख्तियारले लियो प्राधिकरणका महानिर्देशकको बयान
फाइल तस्बिर ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको उजुरीमा छानबिन थालेको छ ।

अनियमितताबारे आयोगमा उजुरी परेपछि छानबिन थालिएको हो । सोही क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग अख्तियारले बयान लिएको छ । महालेखा परीक्षकको ६०औँ प्रतिवेदनमा विमानस्थल निर्माणमा अनियमिता भएको उल्लेख छ । त्यही प्रतिवेदन सार्वजनिक भएपछि  अख्तियारले चासो देखाएको थियो । 

अख्तियार स्रोतका अनुसार केही दिनअघि अधिकारीसँग बयान लिइएको हो । “विमानस्थल निर्माणका क्रममा अनियमितता भएको विषयमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा छानबिन सुरु भएको छ । छानबिनको क्रममा महानिर्देशकसँग बयान लिएका छौँ । थप प्रमाण संकलन गर्दैछौँ,” अख्तियार स्रोतले भन्यो ।

चीनको २२ अर्ब रुपैयाँ ऋणमा विमानस्थल निर्माण गरिएको थियो । विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०२३ जनावरी १ मा उट्घाटन गरेका थिए । विमानस्थल सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । तर, नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro