
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाईका विद्युतीय सवारी साधनमा आकर्षक प्रिबजेट अफर सार्वजनिक गरेको छ । अफर जेठ ५ देखि जेठ १४ गतेसम्म लागु हुनेछ ।
अफरअन्तर्गत हुन्डाई कोना इलेक्ट्रिक, आयोनिक ५ र क्रेटा ईभीमा विभिन्न किसिमका लाभ उपलब्ध गराइनेछ । यस योजनाको उद्देश्य नेपालमा विद्युतीय सवारी साधनको पहुँचलाई बढाउनु पनि रहेको कम्पनीले जनाएको छ ।
निःशुल्क बिमा सुविधा, निःशुल्क सडक कर, विशेष नगद छुटसमेत रहेको कम्पनीले जनाएको छ ।
लक्ष्मी हुन्डाईले विद्युतीय सवारीको इकोसिस्टम बलियो बनाउन देशभर ६६ वटा चार्जिङ स्टेसन स्थापना गरिसकेको जनाएको छ । ती स्टेसनमा डीसी र एसी दुवै चार्जिङ सुविधा उपलब्ध छन् ।
साथै, कम्पनीले सधैँजसो गुणस्तरीय सेवा, पाटपुर्जा र बिक्रीपछि सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।