अर्थ व्यवसाय

काठमाडौं । सरकारले वित्तीय संस्थामा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठन गरेका आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ ।
मंगलबार सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले वित्तीय क्षेत्रमा देखिएका समस्या समाधान गर्न आयोगले प्रतिवेदनमार्फत दिएका सुझाव कार्यान्वयन गर्ने बताए ।
“वित्तीय संस्थाहरूमा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठित आयोगहरूका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै सहकारी, लघुवित्त संस्था एवं अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्ने,” उनले भने ।
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८० १७:१८
प्रतिक्रिया दिनुहोस्