site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सभामुखको सवालमा लेखकको जवाफ : समस्यै समस्या भयो 
फाइल तस्बिर ।

काठमाडौं । सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकबीच शालिन सवाल–जवाफ भएको छ ।

केही दिनदेखि संसद्‌मा गृहमन्त्रीको राजीनामा मागिरहेको कांग्रेसले ‘रवि लामिछानेलाई गृहमन्त्रीमा राखेर सहकारी ठगीको निष्पक्ष छानबिन सम्भव हुन्छ ?’ भनेर जवाफ मागेका थिए । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामिछानेको संलग्नता अनुसन्धानबाट नदेखिएको र उनीमाथि छानबिन गर्नुपर्ने प्रमाण पनि नभेटिएको जवाफ दिएका थिए । 

प्रधानमन्त्रीको जवाफमा प्रमाण नभेटिएको भन्ने विषयलाई लिएर लेखकले थप प्रश्न उठाउँदा केही लामो समय बितेको थियो । त्यसबेला सभामुख घिमिरेले लेखकको ध्यानाकर्षण गराए ।

“माननीय सदस्य संक्षिप्तमा राख्नुहोला, समस्या के हो त्यसमा जानु होला,” सभामुख घिमिरेले लेखकलाई आग्रह गरे । लेखकले जवाफमा भने, “सभामुख महोदय, म आइहाले समस्यामा, यो समस्यै समस्या भएर अलि लामो भयो ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro