site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
हङकङका अधिकांश हलमा रिलिज हुँदै ‘गाउँ आएको बाटो’ ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गाउँ आएको बाटो’ हङकङमा पनि रिलिज हुने भएको छ । हङकङका सिनेमा हलमा बक्सअफिसमा नै सिनेमा रिलिज हुने निर्माता आमोद राईले जानकारी दिए । 

“बक्सअफिसमै सिनेमा रिलिज गर्न केही कानुनी प्रावधान छन्, अहिले त्यसमा काम भइरहेको छ । त्यसपछि हामी रिलिज डेट तय गर्नेछौँ,” आमोदले बाह्रखरीसँग भने । 

Prabhu Bank
Agni Group
NIC Asia

चिनियाँ भाषामा सबटाइटल र सेन्सरसिप पनि गर्नुपर्ने भएकाले केही समय लाग्ने उनले जानकारी दिए । 

नवीन सुब्बाको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई र पशुपति राई मुख्य भूमिकामा छन् । चलचित्र ‘गाउँ आएको बाटो’ नेपालमा जेठ १८ गते रिलिज हुँदै छ । 

Global Ime bank

विदेशका विभिन्न ठूला फिल्म फेस्टिभलको फन्को लगाएर नेपालमा रिलिज हुन लागेको यो चलचित्रले गाउँमा सडक पुगेपछि बाबु र छोराबीचको सम्बन्धमा आउने उतारचढावको कथा भन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement