site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राष्ट्रिय महिला लिग सर्‍यो
SkywellSkywell

काठमाडौं । यसै महिनाको अन्तिमबाट सुरु हुने भनिएको राष्ट्रिय महिला लिग सरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एक विज्ञप्ति जारी गर्दै लिग सरेको जनाएको हो । 

एन्फाले वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने प्रतियोगिताका कारण लिगको पहिलो चरण पछि सरेको जनाएको छ । एन्फाका अनुसार वाग्मती प्रदेश खेलकुद विकास परिषद्को कार्यक्रम चैत २५ गतेदेखि वैशाख १ गतेसम्म हुनेछ । यसैकारण लिगको पहिलो चरण एन्फाले वैशाख ७ गतेदेखिलाई सारेको छ ।

Dabur Nepal
NIC Asia

यसअघि प्रतियोगिता चैत २३ गतेदेखि सुरु हुने तालिका थियो । लिग कर्णाली प्रदेशको सुर्खेतमा हुनेछ । जसमा सात प्रदेशका प्रादेशिक टोलीको सहभागिता हुनेछ । लिगको पहिलो चरणबाट तीन टिम राष्ट्रिय लिगका लागि छनोट हुनेछन् ।

एन्फाले छनोटको लागि आवास र यातायात खर्चहरू आयोजना गर्ने र प्रसारण गर्ने जिम्मा लिएको छ । प्रतियोगितालाई सफल बनाउन कर्णाली जिल्ला फुटबल संघ र सुर्खेत जिल्ला फुटबल संघले सहआयोजकको रूपमा सहकार्य गर्ने एन्फाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu