site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
१७ खर्बले हुँदैन २२/२३ खर्बको बजेट ल्याउनुपर्छ : सांसद आले
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेमबहादुर आलेले बजेटको आकार बढाउनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)का सम्बन्धमा जारी छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

जनताका आवश्यकता पूरा गर्न बजेटको आकार बढाउनुपर्ने बताउँदै उनले भने, “अब १७ खर्बले मात्रै हुँदैन । कम्तीमा २२/२३ खर्बको बजेट ल्याएर जनताका आवश्यकता पूरा गर्ने पूर्वाधार हुनुपर्छ । शिक्षा, स्वास्थ्यका कुरामा अर्थमन्त्रीले ध्यान दिने कुरामा विश्वास लिएको छु ।”

सिद्धान्त र प्राथमिकताभित्र रहेर बजेट निर्माण भएमा मात्र बजेट पूर्णरूपमा कार्यान्वयन हुने सांसद आलेको भनाइ छ ।

Global Ime bank

उत्पादन वृद्धि, रोजागरी र राष्ट्रिय पुँजी वृद्धि हुनेगरी बजेट निमार्ण गर्नुपर्ने उनले बताए । “आर्थिक वृद्धिका लागि पुँजी भित्र्याउने र उत्पादन वृद्धि गर्ने कुरामा ध्यान दिनुपर्छ,” उनले भने । 

उनले उत्पादन बढाउने र आयात घटाउने विषय बजेटमा समावेश हुनुपर्ने बताए । युवा पलायन रोक्न पूर्वाधार निर्माण क्षेत्रमा काम हुनुपर्ने र भुक्तानी हुनुपर्ने भन्दै सांसद आलेले जलविद्युत्, कृषि, पूर्वाधार विकास, सहरी विकास लगायतमा विदेशी लगानी भित्र्याइनु पर्ने बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu