site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बीबी एयरवेजले जहाज ल्याउन पायो अनुमति
Sarbottam CementSarbottam Cement

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टको बीबी एयरवेजले तीन वटा जहाज ल्याउन अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले जहाज ल्याउन अनुमति दिएको हो ।

पाँच वटा जहाजमार्फत व्यावसायिक उडान गर्नेगरी कम्पनीले एयर अप्रेटर सटिफिकेट (एओसी)का लागि प्राधिकरणमा पत्र पठाएको थियो । उक्त कम्पनीले नो अब्जेक्सन सटिफिकेट (एनओसी) पाएको हो । कुनै पनि कम्पनीले एओसी पाउनको लागि पाँच चरणको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तेस्रो चरणको प्रक्रिया पूरा गरी एनओसी प्राप्त गरेको बीबी एयरवेजले एक वर्षभित्रकम तीन वटा जहाज खरिद गर्ने अनुमति पाएको प्राधिकरणका सह–प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।  

अब उक्त कम्पनीले चौथो चरणमा निरीक्षण तथा परीक्षण र पाँचौँ चरणमा व्यावसायिक उडानका लागि योग्य रहेको एओसी प्राप्त गर्नेछ । “अब कम्पनीले जहाज खरिद गरेपछि प्राधिकरणको प्राविधिक टोलीले जहाज ठिक छ÷छैन भनेर हेर्छ । उक्त टोलीले सबै कुरा ठिक छ भनि प्रमाणित गरेपछि एओसी पाउँछ,” भुलले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC