site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रूसी सेनामा भर्ती भएका नेपालीलाई घर फर्काउन पहल गरिरहेका छौँ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले युक्रेनमा बन्दी भएका नेपालीलाई नेपाल फर्काउन सरकारले पहलकदमी गरिरहेको जानकारी दिएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यो समस्या समाधान गर्न आफूले वार्ता अघि बढाएको बताए । उनले रूसी सेनामा भर्ती भएका नेपालीलाई घर फर्काउने, मृतकको शव नेपाल पठाउन रूसलाई अनुरोध गरिएको जानकारी दिए । 

Dabur Nepal
NIC Asia

“घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउने र भर्ना संख्या र घाइतेको संख्या जानकारी माग गर्दै भर्ना नगर्न र भर्ना भएकालाई तत्काल फर्काउने र बन्दीलाई तत्काल फिर्ता गर्न पहल गर्न हाम्रा अडान कायम छन् र यस अनुरुप काम भइरहेको छ,” उनले भने, “रूस जान चाहनेलाई नियमन गर्न एनओसी लागु गर्यौ र यसलाई विस्तार गरेको छौँ ।, आईसीआरसीको सहयोगमा बन्दीलाई रिहाइ गर्न पहल गरिरहेका छौँ । मैले रूसका विदेश मन्त्रीसँग टेलिफोन वार्ता गरे रूसका तर्फबाट महामहिम राजदूतसँग भेटवार्ता गरी नेपालीहरूलाई रूसी सेनामा भर्ती नगर्न सम्झौता भए खारेज गर्न र शव नेपाल पठाउन क्षतिपूर्ति दिन अनुरोध गर्ने काम गरेको छु ।” 

परराष्ट्रमन्त्री श्रेष्ठले रूसले पनि क्षतिपूर्ति उपलब्ध गराउने प्रकृया प्रारम्भ गरेको जानकारी दिए । उनले केही देशबाहेक रुसलगायत देशमा परम्परागत सम्झौताअनुसार सेना भर्र्ती गर्ने सम्झौता नभएको उनले उल्लेख गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro