site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभाका दुई विषयगत समिति सभापतिले लिए शपथ
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रियसभाअन्तर्गत दुई विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रियसभाअन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ खुवाएका हुन् ।

दुई समितिको सभापतिमा एकमात्रै उमेदवारी परेपछि शेर्पा र पन्त निर्विरोध निर्वाचित भएका थिए । त्यसअघि सोमबार नै बसेको दुई वटा समिति बैठकले उनीहरूलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । 
 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्