site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव वैशाखमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आगामी वैशाख २६ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७औँ श्रृंखला यसपटक आगामी वैशाख २६ देखि ३० गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमन्डपमा आयोजना हुन लागेको हो ।

कोरोनापछि विश्वभर आएको आर्थिक मन्दीको प्रभावबाट प्रभावित नेपाली उद्योगहरूको वर्तमान अवस्था  झल्काउनु र उनीहरूको व्यापार प्रवद्र्घन गर्न सहयोग पु-याउने मुख्य उद्देश्यका साथ ‘खोजौँ नेपाली, रोजौँं नेपाली’ र ‘नेपाली वस्तुको प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ भन्ने मूल नाराका साथ मेला आयोजना हुँदैछ ।

Prabhu Bank
Agni Group
NIC Asia

मुलुकभरका झन्डै ६ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रदर्शनीले प्रतिबिम्बित गर्ने महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिए ।

प्रदर्शनीले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरूको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगलगायत सबैखाले उद्योगको उत्पादनलाई समावेश गरी बीटूबी, बीटूसी, बीटूजी जस्ता अन्तर्क्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुने बताइएको छ ।

Global Ime bank

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने महासंघले जनाएको छ । प्रदर्शनीमा २५० वटा स्टल रहने र दुई लाख भन्दा बढीले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको अध्यक्ष सिंहले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC