site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
व्यवस्था बलियो बनाउन कांग्रेस–एमालेको मेलमिलाप हुनुपर्छ : सांसद पाण्डे
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले कांग्रेस र नेकपा (एमाले) नयाँ सरकार बनाउने कोणबाट नभएर व्यवस्थाको औचित्यमाथि उठाइएका प्रश्नको जवाफ दिन एक हुनुपर्ने बताएका छन् । आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेस र एमाले वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार बनाउने कोणबाट नभएर देशमा देखिएको संकट समाधानका निम्ति मिल्नुपर्नेमा जोड दिए । व्यवस्थाको औचित्यमाथि नै मानिसले प्रश्न उठाउन थालेको भन्दै उनले यसलाई बलियो बनाउन एकजुट हुन जरुरी रहेको बताए ।

Dabur Nepal
NIC Asia

कांग्रेस र एमाले वर्तमान व्यवस्थाका संस्थापक भएकाले पनि एक हुन आवश्यक रहेको उनको भनाइ छ । “...कांग्रेस र एमाले भनेको ०४६ सालपछिका दुई मूल शक्तिहरू हुन् । एकप्रकारले यो व्यवस्थाका संस्थापक नै हुन्,” उनले भने, “हाम्रो मेलमिलाप संस्था बनाउन र भत्काउनभन्दा पनि व्यवस्था बलियो बनाउन हुन्छ भने त्यो सकारात्मक कुरा हो ।” न्युज एजेन्सी नेपाल

*यसअघि फरक तस्बिर परेकाले सच्याइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro