site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभाका दुई विषयगत समिति सभापति निर्विरोध निर्वाचित हुने

काठमाडौं । राष्ट्रियसभाअन्तर्गत दुईवटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित हुने भएका छन् । दुई समितिको सभापतिका लागि शनिबार उमेदवारी दर्ता भएको थियो । जसमा एकल उमेदवारी परेको हो ।

राष्ट्रियसभा अन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा सोनाम गोल्जेन शेर्पाको मात्रै उमेदवारी परेको छ । उनको प्रस्तावकमा गोपीबहादुर सार्की अछामी रहेका छन् भने समर्थकमा इन्दिरादेवी गौतम र दुर्गा गुरुङ प्रस्तावक छन् ।

Argakhachi Cement Island Ad

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्तको मात्रै उमेदवारी परेको छ । उनको प्रस्तावकमा नारायणदत्त भट्ट र समर्थकमा शारदादेवी भट्ट रहेको संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।

उनका अनुसार आइतबार दुवै समितिको बैठकले उनीहरूलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् ।

राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत ४ गतेका लागि तोकिएको छ ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्