site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निर्वाहमुखी अर्थतन्त्रले कृषिमा क्रान्ति हुँदैन : रामकुमारी झाँक्री 
Sarbottam CementSarbottam Cement

पोखरा । नेपका एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले हरेक नयाँ राजनीतिक पार्टीले दश वर्षमा आर्थिक विकासमा कायपलट गर्ने आश्वासन दिने गरेको भन्दै यसमा विश्वास गर्न नसकिने बताएकी छन् । शनिबार बाह्रखरी मिडियाले पोखरामा आयोजना गरेको योङ लिडर्स विथ इन्टरप्रेनर्स कार्यक्रममा उनले राजनीतिक दलहरू विकास र प्रगतितर्फ कति गम्भीर छन् भन्ने कुराले मात्रै अर्थ राख्ने बताइन् । 

पुस्तान्तरणका सन्दर्भमा रास्वपा सचेत सन्तोष परियाले देशमा दश/पन्ध्र वर्षमा कायापलट गर्न सकिने बताएपछि त्यसको कटाक्ष गर्दै उनले हरेक नयाँ दलले दश वर्षमा कायापलट गर्छु भन्ने गरको टिप्पणी गरेकी हुन् ।

उनले नेपालमा अहिले पनि निर्वाहमुखी कृषिप्रणाली रहेको भन्दै यसले देशमा कृषिक्रान्ति गर्न नसकिने धारणा राखिन् । विद्यालयस्तरीय शिक्षापछि सहर पस्ने प्रचलन बसेपछि त्यसको असर कृषिमा परेको उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“कृषि उत्पादकत्व गाउँमा घट्दै गएको छ । सहरमा बसाइसारइ बढेका  कारण अब कृषिबाट उद्योगमा कसरी जाने भन्ने सोचले मात्रै अर्थतन्त्रमा सुधार हुन्छ,” एकीकृत समाजवादीकी नेतृ झाँझीले भनिन् । 

विश्व ग्लोबलाइजेसनमा गइसकेको बताउँदै उनले नेपाली उत्पादनलाई बजारीकरण गर्ने, भाषा र प्रविधिमा नागरिकलाई इनह्यान्स गर्नेलगायत काम गर्न आवश्यक रहेको बताइन् ।

Global Ime bank

झाँक्रीले एकले अर्काेलाई गाली गरेर गन्तव्यमा नपुग्ने बताइन् । उनले भन्सारमा केही नीतिगत सुधार गर्न आवश्यक रहेको बताइन् । 

आयातित वस्तुमा कर नलाग्दा विदेशी उत्पादन सस्तो पर्ने र नेपाली उद्यम मारमा पर्ने गरेको उनको भनाइ छ । निमार्ण क्षेत्रमा काम गर्ने २४ वर्षको युवा २९ वर्षमा पुग्दा सुगर, प्रेसरको बिरामी हुने स्थिति रहेको उनको टिप्पणी छ । 

नीजि क्षेत्रले ब्युरोक्रेसीलाई माध्यमका रूपमा सकारात्मक तरिकाले प्रयोग गर्नुपर्ने र कुनै पनि कामका लागि चोरबाटो अपनाउन नहुनेमा झाँकीको जोड छ । 

“कर्मचारीले मात्रै यो गर्‍यो त्यो गर्याे भन्ने मलाई लाग्दैन । कसैले आफ्नो गल्ती लुकाउन भन्छ होला । उहाँहरूलाई हामीले हतोत्साहित गर्छाैं,” उनले भनिन्, “त्यसो गर्नु हुँदैन । हामीले सहकार्य गरेर अगाडि बढ्नुपर्छ । आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्छ ।”

संघीय सरकार र स्थानीय सरकारसँग बजेट भए पनि पोखरामा भौतिक पूर्वाधारका क्षेत्रमा अपेक्षित विकास हुन नसकेको उनको भनाइ छ । “सडक, ढल, पेटीलगायत काम भएको मैले देखिनँ,” उनी भन्छिन्, “सायद म किन काम भएन भनेर मेयरलाई भेटेर पनि सोध्नेछु ।”  

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलगायत पैसा बाँड्ने क्रायक्रम कुनै पनि सफल नभएको भन्दै यो पैसाले पब्लिक कम्पनी खोल्न सके रोजगारी सिर्जना गर्न सकिनेमा उनको जोड छ । 

महिला आफैँ उद्यम क्षेत्रमा आउनु पर्ने भन्दै उनी भन्छिन्, “कसैले पनि अगाडि बढाइदिँदैन । आफैँ दुई/चारजनालाई रोजगारी दिने उद्यम गर्दै अगाडि बढ्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय