site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'गृहमन्त्रीसहितलाई प्रहरीले निष्पक्ष छानबिन गर्ला ?' 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारको देशैभर सहकारी ठगी प्रकरणले आतंक फैलाएको बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले कास्कीको सूर्यदर्शन सहकारीलगायत आठ वटा सहकारीमा ३७ हजार ७०० जनाको झन्डै दुई अर्ब ८८ करोड बचत रकम हिनामिना देखिएको बताए । उनले हालका गृहमन्त्री रवि लामिछाने र पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनलगायत १८ जनाविरुद्धको जाहेरीमाथि प्रहरीले निष्पक्ष छानबिन गर्ला भन्ने प्रश्न उठेको बताए ।

“...२५ जनाको जाहेरीमा कसुर गर्ने व्यक्तिको नामको क्रम संख्या एकमा माननीय गृहमन्त्री रवि लामिछानेको नाम र क्रम संख्या चारमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनलगायत १८ जना फौजदारी अभियोग छ,” उनले भने, “के उक्त जाहेरीमा प्रहरीले निष्पक्ष छानबिन गर्ला ? आम नेपाली जनताले प्रश्न गरेका छन् ।”
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro