site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोबाइल खोसेर भाग्ने चार जना पक्राउ
Sarbottam CementSarbottam Cement

रूपन्देही । गत माघ २९ गते मोटरसाइकलमा आएका दुई युवाले मायादेवी गाउँपालिका–३ बरेवाका १९ वर्षीय राजु भरसँग अति आवश्यक परेको भन्दै मोबाइल मागे । मोबाइल पाउने बित्तिकै मोटरसाइकलमा रहेका ती कुदाएर भागे । 

जिल्ल रेका राजु तत्काल नजिकैको प्रहरीलाई मोटरसाइकलको विवरण र ती युवाको हुलियासहित आफूलाई परेको समस्याको बारेमा जानकारी गराए । 

प्रहरीका लागि भने यो घटना पहिलो थिएन । यसअघि गत माघ ४ गते रोहिणी गाउँपालिकाका दीपेन्द्र चौधरी, माघ १६ गते ओमसतिया गाउँपालिकाका सन्दिपकुमार पासी र माघ १७ गते भैरहवाकै सावित्रा कान्दुको मोबाइल पनि मोटरसाइकलमा आएका युवाले खोसेर भागेका उजुरी प्रहरीलाई आएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

विभिन्न बहानामा मोबाइल चोरी गरेर भाग्ने युवाको खोजीमा प्रहरी पहिलेदेखि थियो ।

“यसका लागि विशेष टोली गठन गरी प्रहरी अनुसन्धानमा थियो । सीसीटीभी लगायतबाट अनुसन्धान गरिरहेका थियौँ,” रूपन्देही प्रहरी प्रवक्ता मनोहरप्रसाद भट्टले भने, “बुधबार यस घटनाबारे थप खबरसँगै मोटरसाइकल विवरण पायौँ ।”

Global Ime bank

भट्टले मोबाइल खोसेर भाग्ने गिरोह पक्राउ गरेको बताउँदै आज उनीहरूलाई सार्वजनिक गरिएको जानकारी दिए । उनका अनुसार सिद्धार्थनगर नगरपालिका–७ का २५ वर्षीय मनिष हरिजन, वडा नम्बर ३ का २४ वर्षीय देवान गुरुङ, वडा नम्बर १३ का २४ वर्षीय रोमन घर्ती र चोरीको मोबाइल खरिद गर्ने सियारी गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहम्मद रसिद मुसलमान पक्राउ परेका छन् ।

यही समूहले रूपन्देही जिल्लाका विभिन्न भागमा केही समयदेखि मोबाइल चोरी गरेको प्रहरीको दाबी छ ।

“एक्लै देखेका व्यक्तिको नजिक गएर एक्कासि मोबाइल खोसेर भाग्ने गरेका थिए वा अति आवश्यक परेको बताउँदै मोबाइल लिएर फरार हुने गरेका थिए,” भट्टले भने, “प्रारम्भिक अनुसन्धानमा निजहरूले लागुऔषध खरिद गर्ने र सेवन प्रयोजनका लागि चोरी गरेको देखिएको छ ।”

पक्राउ परेकाहरू यसअघि पनि लागुऔषध र चोरीलगायत मुद्दामा सजाय पाएका युवाहरू रहेको भट्टले जानकारी दिए । उनका अनुसार आरोपितबाट प्रहरीले विभिन्न कम्पनीका आठ थान मोबाइल र लु ५६ प ७१७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । 

सबैलाई जिल्ला अदालतबाट थप अनुसन्धानका लागि प्रहरीले सात दिनको म्याद थप गरेको भट्टले बताए ।

“गिरोहका अन्य सदस्य पनि छन् कि भन्ने विषयमा सुक्ष्म अनुसन्धान गरिरहेका छाैँ,” उनले भने ।

मुलुकी अपराधसंहिता २०७४ अनुसार कसुरको अवस्था हेरी चोरी प्रमाणित भए दुई वर्षदेखि सात वर्षसम्म कैद र २० हजारदेखि ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  २२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement