काठमाडौं । सीजी इलेक्ट्रिकले सीजी ब्रान्डका स्मार्ट प्रविधियुक्त फ्यान र कुलरहरू बजारमा ल्याएको छ । यसरी सार्वजनिक गरिएका सीजी ब्रान्डका कुलरहरूलाई कार्यक्षमता र उद्देश्यका आधारमा ५ विधिन्न वर्गमा विभाजन गरिएको छ ।
डेजर्ट कुलर, कमर्शियल कुलर, पर्सनलकुलर, टावर कुलर र उइन्डोकुलर बजारमा ल्याइएको हो । जसमा राम्रो डिजाइन र उच्चकोटीको ऊर्जाका साथै सबै मौसम प्रतिरोधी बडीमा समेटिएको छ र टच प्यानल सार्वजनिक गरेको हो । रिमोट कन्ट्रोल, आईओटी कम्प्याटिबिलिटी, स्मार्ट किसिमले नियन्त्रण, थर्मल ओभरलोड प्रोटेक्शन, क्वाड्रा फ्लो टेक्नोलोजी जस्ता नवीन र परिष्कृत सुविधाहरूले भरिएको छ ।
हनीकोम्ब प्याड, ३६० डिग्री टर्बो कुलिङ, एरोडायनामिक फ्यान ब्लेड, डस्ट फिल्टर र आइस चेम्बरहरू छन् । यी सबै कुलरहरू ब्याज फाइनान्स योजना र १२ महिनाको वारेन्टीको साथ उपलब्ध छन् ।
यी सबै फ्यानहरू अति उच्च प्रविधिका साथ ३ र ५ स्पीड कन्ट्रोल भएको, हेभी मेटल बडी, एरोडायना मिकली डिजाइन गरिएको एल्युमिनियम ब्लेडहरू, वाइड एंगलओसिलेसन, बिल्ट–इन टाइमर, बलियो र भरपर्दो मोटर जस्ता उच्च प्रविधियुक्त विशेषताहरूले भरिएकाले बढी टिकाउ हुने आकलन गरिएको छ ।