site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बलात्कार मुद्दामा सरकारी वकिल पनि पुनरावेदनमा, ‘गौशाला २६’ नाबालिग भएको दाबी  

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका सन्दीप लामिछानेविरुद्ध सरकारी वकिलले पनि पुनरावेदन गरेको छ । उच्च सरकारी वकिल कार्यालय पाटनका तर्फबाट उच्च अदालत पाटनमा बिहीबार पुनरावेदन गरिएको हो ।

सरकारी वकिल कार्यालयले लामिछानेलाई अधिकतम सजाय नभएको जिकिर गरेको छ । अधिकतम सजाय माग गर्दै पुनरावेदन दिएको हो ।

Dabur Nepal
NIC Asia

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै गएको पुस २५ गते आठ वर्ष कैद, तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति हुने फैसला गरेको थियो ।

सन्दीपबाट बलात्कार ठहर भएकी ‘गौशाला २६’ नाबालिग भएको दाबी गरिए पनि काठमाडौं जिल्ला अदालतले तेस्रोपटक मगाएको जन्मदर्ताको कागजानुसार बालिग भएको ठहर गरेको थियो ।

सरकारी वकिलले उनी बलात्कारमा परेका बखत नाबालिग भएकाले सन्दीलाई १३ वर्ष कैद सजाय हुनुपर्ने माग दाबी गरेको छ । काठमाडौं जिल्ला अदालतको फैसला बदर हुनुपर्ने उसले माग दाबी गरेको छ ।

बालिग ठहर भएर पनि आफूमाथि सजाय भएको भन्दै सन्दीपले फैसला बदरको माग दाबीसहित यसअघि नै पुनरावेदन गरिसकेका छन् । सन्दीपविरुद्धको मुद्दा उच्च सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता रत्नकेशरी महर्जनले हेरेको उच्च सरकारी वकिल कार्यालयले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro