site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
खाजा घरमा वेश्यावृत्ति, के हो घटना ?

काठमाडौं । नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा एकजना खाजा घर सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ शिवचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजा घरका सञ्चालक ३८ वर्षीय हिरन राई रहेका छन् । उनको स्थायी ठेगाना उदयपुरको बेलका नगरपालिका वडा नम्बर ५ मा पर्छ ।

बालिकाहरूलाई विभिन्न प्रलोभन देखाएर वेश्यावृत्तिमा लगाउने गरेको गोप्य सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो ।

खाजा घरबाट नाबालिकासहित दुई जनालाई उद्धार पनि गरिएको छ । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

के हो घटना ?

ब्युरोको प्रारम्भिक अनुसन्धानमा राईले आर्थिक अवस्था कमजोर भएका तथा ग्रामीण भेगका कम पढे लेखेका बालिकाहरूलाई खाजा घरमा सरसफाइको काममा लगाइदिने र आकर्षक तलब सुविधा दिने प्रलोभनमा काममा राख्ने गरेको खुलेको छ ।

सुरुमा बालिकाहरूलाई खाजा घरमा सरसफाइको काममा लगाउने र केही समयपछि फकाएर प्रलोभनमा पारी खाजा घरमा आएका ग्राहकहरूसँग बसी मादक पदार्थ भर्न लगाउने, ग्राहकहरूसँगै बसेर खाने र ग्राहकलाई धेरै बिल उठाउने काममा लगाउने गरेको खुलेको छ ।

राईले खाजा घरमा काम गर्ने बालिकाहरूलाई ग्राहकसँग जबजरस्ती शारीरिक सम्पर्क राख्न दबाद दिने गरेको ब्युरोले जनाएको छ ।

उनले बालिकाहरूलाई खाजा घरमा कोठा निर्माण गरी सोही स्थानमा र ग्राहकको माग तथा परिस्थिति अनुसार पहिल्यै रकम लिई अन्यत्रसमेत वेश्यावृत्तिका लागि पठाएर आर्थिक लाभ लिने गरको पाइएको छ ।

घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजी भइरहेको ब्युरोले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  २१:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro