site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
किन घटिरहेको छ बैंकको ब्याजदर ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । बिस वाणिज्य बैंकले आगामी चैतका लागि ब्याजदर सार्वजनिक गरेका छन् । चैतका लागि अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । तर, एनआईसी एसिया बैंकले फागुनमा दिँदै आएको ब्याजभन्दा बढाएको छ ।

फागुनमा व्यक्तिगत निक्षेपमा ८ प्रतिशत ब्याज दिँदै अएको एनआईसी एसिया बैंकले चैतमा ८.७५ प्रतिशत ब्याज दिने भएको छ ।

चैतका लागि १७ वाणिज्य बैंकले भने ब्याजदर घटाएका छन् । प्रभु र ग्लोबल आईएमई बैंकले ब्याजदर स्थिर राखेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

फागुनमा व्यक्तिगत निक्षेपमा ग्लोबल आईएमई बैंकले ७.६० प्रतिशत ब्याज दिँदै अएको थियो । चैतमा पनि यो बैंकले व्यक्तिगत निक्षेपमा यही दरमा ब्याज दिने भएको छ ।

त्यस्तै, प्रभु बैंकले पनि फागुनमा व्यक्तिगत निक्षेपमा ७.५० प्रतिशत ब्याज दिँदै आएको थियो । चैतमा यस बैंकले पनि व्यक्तिगत निक्षेपमा यही दरमा ब्याज दिने भएको छ ।

Global Ime bank

चैतमा व्यक्तिगत निक्षेपमा सबैभन्दा कम ब्याज कृषि विकास बैंकले दिने भएको छ । यस बैंकले व्यक्तिगत निक्षेपमा ५.६६ प्रतिशत ब्याज दिने भएको छ । संस्थागत बचतमा ४.४४ प्रतिशत ब्याज दिने भएको छ ।

बैंकहरूमा तरलता सहज हुँदै गएपछि ब्याजदर घटाएका हुन् । बैंकहरूमा पैसा थुप्रिने तर व्यवसायीले ऋण नलिने गर्दा पनि लगातार ब्याजदर घट्दै गएको छ । अहिले ऋणको माग नभएकाले बैंकहरू ब्याजदर घटाउन बाध्य हुनुपरेको पूर्व बैंकर परशुराम कुँवर क्षेत्री बताउँछन् ।

“ब्याजदर घट्दा ऋणीलाई फाइदा हुन्छ । तर, अहिले अर्थतन्त्रमा ब्याजदरको इस्यू हो जस्तो मलाई लाग्दैन । ब्याजदर घटिरहेको छ । र, अझै घट्छ,” उनले भने, “ब्याजदर घट्नुका दुई कारण छन्; एउटा बजारमा लोनको डिमान्ड नै छैन, अर्काे बैंकको एनपीए बढ्दै गएको छ । यी दुई वटाको कारण भनेको अर्थतन्त्रको सुस्तता हो ।”

व्यावसायिक क्षेत्रले अहिले राम्रो गर्न नसकेकाले पनि बैंकको ऋण धेरै जान नसकेको क्षेत्री बताउँछन् । पहिले लिएको ऋण तिर्न सक्ने अवस्थामा ऋणीहरू नभएकाले पनि त्यसको प्रभाव बैंकिङ क्षेत्रमा परेको उनी बताउँछन् ।

ब्याजदर बढ्दा बैंकहरूको लागत पनि बढ्छ । ब्याजदर बढ्यो भने निक्षेपकर्ता लोभिएर बैंकमा पैसा राख्न जान्छन् । निक्षेप बढ्यो तर ऋण प्रवाह बढेन भने उनीहरूको लागत बढ्न जान्छ ।

अहिले बैंकहरूसँग पैसा प्रशस्त भएकाले पनि ब्याजदर घटाएको देखिन्छ । कतिपय बैंकहरूको पुँजीकोष दबाबका कारण पनि ऋण प्रवाह बढाउन सक्ने स्थितिमा छैनन् । त्यसले गर्दा पनि निक्षेप तान्नतर्फ बैंक नलागेको देखिन्छ ।

तर, एनआईसी एसिया बैंकले निक्षेप तान्नका लागि ब्याजदर बढाएको छ । निक्षेपको ब्याजदर घट्दा कर्जाको पनि घट्छ । निक्षेपको ब्याजदर बढ्यो भने कर्जाको पनि बढ्छ ।

कर्जाको ब्याज घट्दा ऋण लिनेलाई फाइदा पुग्छ । तर, अर्थतन्त्रको सुस्तताका कारण ऋण लिनेहरू कम भएको बताइएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत सोमबारसम्म ६१ खर्ब ८१ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा जम्मा भएको छ । जसमा वाणिज्य बैंकमा मात्र ५४ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ । वाणिज्य बैंकहरूबाट उक्त अवधिसम्म ऋण प्रवाह ४५ खर्ब भएको छ । आइतबार वाणिज्य बैंकहरूबाट ४५ खर्ब दुई अर्ब रुपैयाँ ऋण प्रवाह भएको थियो । यो तथ्यांकले पनि बैंकहरूबाट ऋण प्रवाह घटेको देखाउँछ ।

बैंक तथा वित्तीय संस्थाबाट गत सोमबारसम्म ५० खर्ब ८८ अर्ब रुपैयाँ ऋण प्रवाह भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  २०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !